आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

बागमतीसहित ३ ठुला नदी र ८ जिल्लामा सतर्कता अपनाउन आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ जेठ, २०८२ मा प्रकाशित
बागमतीसहित ३ ठुला नदी र ८ जिल्लामा सतर्कता अपनाउन आग्रह
काठमाडाैं, जेठ २५ :

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज (आइतबार) ८ वटा जिल्लामा बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।

विभागद्वारा जारी बुलेटिनअनुसार इलाम, पाँचथर, खोटाङ, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरका साना नदी तथा खोलामा बहाव बढ्न सक्ने भएकाले नदी किनारमा सतर्कता अपनाउन भनिएको छ।

महाशाखाले आगामी तीन दिन (मंगलबारसम्म) को पूर्वानुमान पनि सार्वजनिक गरेको छ। कोसी, नारायणी, कर्णाली, महाकाली, पश्चिम राप्ती र बबई नदीमा सतर्कता तहभन्दा तलै जलसतह रहने अनुमान गरिएको भए पनि उतारचढाव सम्भव भएकाले सतर्क रहन भनिएको छ।

त्यस्तै, कन्काई, कमला र बागमती नदीमा पनि बहाव केही बढ्न सक्ने भएकाले तटीय क्षेत्रका गतिविधिमा सावधानी अपनाउन आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार