शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

देउवाले प्रचण्डसँग संसद् सञ्चालनमा सहयोग मागे, के दिए जवाफ ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ जेठ, २०८२ मा प्रकाशित
देउवाले प्रचण्डसँग संसद् सञ्चालनमा सहयोग मागे, के दिए जवाफ ?
काठमाडौं, जेठ २५ :

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसद् सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन् । 

देउवाले आफूलाई भेट्न बुढानीलकण्ठ आएका प्रचण्डलाई अहिले जटिल परिस्थिति भएको भन्दै संसद् बैठक सञ्चालन गर्न सहयोग गर्न आग्रह गरेका हुन् ।

भेटमा देउवाले अहिलेको जटिल राजनीतिक परिस्थितिमा संसद् चलाउन विपक्षी सहयोग आवश्यक भएको भन्दै सहयोगको अपिल गरेका हुन् । प्रचण्डले भने देउवाको आग्रहलाई विपक्षी दलहरुसँग छलफल गरेर निर्णय गर्ने बताए ।

गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएकाले कांग्रेस सभापतिको धारणा बुझ्न विपक्षीको तर्फबाट प्रचण्डलाई पठाइएको हो । विपक्षी दलहरूले लेखकको राजीनामाको माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन् । संसद अवरुद्ध हुँदा बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन ।

सभामुख देवराज घिमिरेले गरेको प्रयास पनि निरर्थक भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार