बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

काठमाडौं जिल्ला अदालतमा प्रधानन्यायाधीशको आकस्मिक अनुगमन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २६ जेठ, २०८२ मा प्रकाशित
काठमाडौं जिल्ला अदालतमा प्रधानन्यायाधीशको आकस्मिक अनुगमन
फाइल तस्बिर।
काठमाडौं, जेठ २६ :

 प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सोमबार दिउँसो काठमाडौं जिल्ला अदालतमा आकस्मिक अनुगमन गरेका छन्।

न्यायपरिषद्का केही कर्मचारीसहित अदालत पुगेका राउतले सेवाग्राहीहरूसँग कुराकानी गर्दै अदालतको कामकाज, सेवा प्रवाह र प्रक्रिया बारे जानकारी लिएका थिए।

पछिल्लो समय काठमाडौं जिल्ला अदालतमा विचौलियाको सक्रियता र सेवाग्राहीले भोग्नुपरेको सास्तीबारे गुनासो बढेपछि अनुगमन गरिएको न्यायपरिषद् स्रोतले जनाएको छ।

यसअघि प्रधानन्यायाधीश राउतले गत चैत १९ गते सर्लाही जिल्ला अदालतमा पनि यस्तै छड्के अनुगमन गरेका थिए।

न्यायालयमा देखिने विकृति, विसंगति र ढिलासुस्तीबारे उजुरीका आधारमा न्यायपरिषद् छानबिनमा जुट्ने गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार