
CAN
श्रीलंका डेभलभमेन्ट-११ सँगको अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित भएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल राष्ट्रिय क्रिकेट टोलीले ४० ओभरमा सबै विकेट गुमाएर जम्मा १५९ रन जोडेको थियो ।
१ सय ६० रनको चूनौती पाएको श्रीलंकाले २६.५ ओभरमा मात्र ५ विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो ।
नेपालका लागि कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाएका थिए ।
यसैगरी कुशल मल्लले ३५ रन जोडे भने आरिफ शेखले २०, सन्दीप जोराले ६, गुलसन झाले ५ तथा अनिल शाहले ३ रन जोडे ।
नेपाल विरुद्ध श्रीलंका डेभलभमेन्ट-११ का गरुका संकेथाले ४ विकेट लिए ।
वर्षाका कारण डेभलभमेन्ट-११ सँग तय भएको पहिलो र दोस्रो अभ्यास खेल टस पनि हुन नसकी रद्द भएको थियो ।
अब १० दिन पछि क्यानडामा हुने विश्वकप लिग टुको खेलको अन्तिम तयारीका लागि नेपाली टोली श्रीलंका भ्रमणमा गएको हो ।