बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार खेलकुद क्रिकेट

श्रीलंका डेभलपमेण्ट-११ सँगको अभ्यास खेलमा नेपाल पराजित

· शुक्रबार, २२ भदौ, २०८१ मा प्रकाशित
श्रीलंका डेभलपमेण्ट-११ सँगको अभ्यास खेलमा नेपाल पराजित
CAN
काठमाडौँ, भदौ २२ :

 श्रीलंका डेभलभमेन्ट-११ सँगको अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल राष्ट्रिय क्रिकेट टोलीले ४० ओभरमा सबै विकेट गुमाएर जम्मा १५९ रन जोडेको थियो ।

१ सय ६० रनको चूनौती पाएको श्रीलंकाले २६.५ ओभरमा मात्र ५ विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ५० बलमा सर्वाधिक ४३ रन बनाएका थिए ।

यसैगरी कुशल मल्लले ३५ रन जोडे भने आरिफ शेखले २०, सन्दीप जोराले ६, गुलसन झाले ५ तथा अनिल शाहले ३ रन जोडे ।

नेपाल विरुद्ध श्रीलंका डेभलभमेन्ट-११ का गरुका संकेथाले ४ विकेट लिए ।

वर्षाका कारण डेभलभमेन्ट-११ सँग तय भएको पहिलो र दोस्रो अभ्यास खेल टस पनि हुन नसकी रद्द भएको थियो ।

अब १० दिन पछि क्यानडामा हुने विश्वकप लिग टुको खेलको अन्तिम तयारीका लागि नेपाली‌ टोली श्रीलंका भ्रमणमा गएको हो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार