काठमाडौं, जेठ २७ :
सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८१/८२ बजेटप्रति आफूलाई पनि चित्त नबुझेको बताएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित आपूर्ति तथा उपभोक्ता विभागको बजेटसम्बन्धी छलफलमा देउवाले बजेटको विषयमा पार्टीलाई र आफूलाई चित्त नबुझेको बताए ।
‘बजेट हामीलाई चित्त बुझेकै छैन । पार्टीलाई बुझेको छैन,’ उनले भने, ‘तर पनि योभन्दा राम्रो बजेट हुन सक्दैनथ्यो भनेका छन् यसैअनुसार लिनुपर्छ भन्ने लाग्छ ।’
त्यस्तै उनले नेपालको आयात भारतको भरमा टिकेको बताएका छन् । ‘सरकारले व्यापार गर्ने होइन, उद्योग खोल्ने होइन, उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरा हो, सरकारले सहयोग गर्ने मात्रै हो । हाम्रो पार्टीले सहयोग गर्छ’ देउवाले भने ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने