
काठमाडौं, जेठ २८ :
देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आज (बुधबार) दिउँसो आंशिकदेखि साधारणत: बदली रहनेछ । देशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।
बुधबार राति भने देशभर आंशिकदेखि साधारणत: बदली रहनेछ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
अहिले देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोसी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको पनि महाशाखाले जनाएको छ ।