बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
खेलकुद फुटबल

नेपाली र भारतीय महिला टोली तल झरे, बंगलादेशको सुधार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ जेठ, २०८२ मा प्रकाशित
नेपाली र भारतीय महिला टोली तल झरे, बंगलादेशको सुधार
काठमाडौं, जेठ २९ :

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ महिला वरीयता सूचीमा नेपाल र भारत दुवैको स्थान खस्किएको छ।  

अघिल्लो पटक ९९औं  स्थानमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोली यसपटक एक स्थान तल झरेर १००औं  स्थानमा पुगेको छ। 

सन् २०२५ मा नेपालले थाइल्यान्डसँग खेलेको एक मात्र मैत्रीपूर्ण खेलमा २-० को हार व्यहोरेको थियो। सो जितपछि थाइल्यान्डले एक स्थान सुधार गर्दै ४६औं  स्थान ओगटेको छ।

यता भारत पनि एक स्थान तल झरेको छ र अब ७०औं  स्थानमा पुगेको छ। बंगलादेशले भने उल्लेख्य सुधार गरेको छ। पाँच स्थान उक्लँदै बंगलादेश अहिले १२८औं  स्थानमा पुगेको छ।

अन्य परिवर्तनहरू हेर्दा, इजिप्टले सात स्थानको ठूलो छलाङ मारी ९३औं  स्थानमा उक्लिएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) भने पाँच स्थान तल झर्दै ११७औं  स्थानमा झरेको छ। पहिलो स्थानमा अमेरिका, दोस्रोमा स्पेन र तेस्रोमा जर्मनी यथावत् छन।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार