आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार मनाेरञ्जन विदेश

रहेनन् बलिउड अभिनेत्री करिश्माका पूर्वपति सञ्जय कपुर

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३० जेठ, २०८२ मा प्रकाशित
रहेनन् बलिउड अभिनेत्री करिश्माका पूर्वपति सञ्जय कपुर
काठमाडौं, जेठ ३० :

बलिउड अभिनेत्री करिश्मा कपुरका पूर्वपति तथा व्यवसायी सञ्जय कपुरको ५३ वर्षको उमेरमा बेलायतमा निधन भएको छ ।

सञ्जय कपुरको पोलो खेलका क्रममा हृदयघातका कारण निधन भएको हो । उनको निधनले परिवार र साथीभाइ स्तब्ध भएका छन् । दिवंगत सञ्जयका धेरै साथीहरूले सामाजिक सञ्जालमा उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रसिद्ध अभिनेता र लेखक सुहेल सेठले सञ्जय कपूरको निधनको पुष्टि गरेका हुन् । सामाजिक सञ्जाल एक्समा एक भावनात्मक पोस्टमा शोक व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘सञ्जय कपूरको निधनले गहिरो दुःखी भएको छ, उनको आज बिहान बेलायतमा निधन भयो, यो उनको परिवार र सोना कोमस्टार, ओम शान्ति उनका सहकर्मीहरूप्रति ठुलो क्षति र गहिरो समवेदना हो ।’

उनी एक व्यापारी थिए । उनी सोना कमस्टारका अध्यक्ष थिए र भारतीय अटोमोटिभ उद्योगका नेताहरूमा गनिन्थ्यो । पोलो खेलाडी, उनी सोना पोलो टोलीको मालिक थिए र सक्रिय रूपमा खेलमा भाग लिने गर्थे । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै खाले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

बलिउड अभिनेत्री करिश्मा र सञ्जयले सन् २००३ मा विवाह गरेका थिए तर उनीहरूको वैवाहिक जीवनमा धेरै वर्षसम्म समस्या रह्यो र उनीहरू सन् २०१४ मा छुट्टिएका थिए । करिश्मा-सञ्जयका एक छोरा र छोरी छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार