
फाइल तस्बिर।
मधेस केन्द्रित विभिन्न राजनीतिक दलहरू सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाको बैठक आज दिउँसो ३ बजे बस्दैछ। राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टीको कार्यालयमा बैठक बस्न लागेको हो ।
उनीहरूले संविधान संशोधनलाई केन्द्रित गरेर संघीय लोकतान्त्रिक मोर्चा बनाएका हुन् । मोर्चामा जसपा, लोसपा, जनमत, राष्ट्रिय मुक्ति पार्टी, तमलोपा लगायतका दलहरू छन्।
मोर्चाको मुख्य उद्देश्य संविधान संशोधनमार्फत मधेश र आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नु रहेको छ।
बैठकमा मोर्चाले आदिवासी जनजजाति र मधेशीबीच सहकार्य गर्ने सम्बन्धमा छलफल हुनेछ । साथै भिजिट भिसा प्रकरण र पाथिभरा क्षेत्रमा बन्न लागेको केबलकारको बारेमा पनि छलफल हुने एक नेताले बताए ।
राजेन्द्र महतो पाथिभरा क्षेत्रमा बन्न लागेको केवुलकारको विरोध गर्दै स्थानीय जनजातिलाई साथ दिन पाथिभरा क्षेत्रमा नै गएका थिए । मधेशकेन्द्रित दल र आदिवासी जनजातिलाई एकै मोर्चामा ल्याएर आन्दोलन गर्ने उनीहरूको तयारी छ ।