बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

मधेस केन्द्रित दलहरूको मोर्चाको बैठक बस्दै, यस्ता छन् एजेन्डा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३० जेठ, २०८२ मा प्रकाशित
मधेस केन्द्रित दलहरूको मोर्चाको बैठक बस्दै, यस्ता छन् एजेन्डा
फाइल तस्बिर।
काठमाडौं, जेठ ३० :

मधेस केन्द्रित विभिन्न राजनीतिक दलहरू सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाको बैठक आज दिउँसो ३ बजे बस्दैछ। राजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टीको कार्यालयमा बैठक बस्न लागेको हो ।

उनीहरूले संविधान संशोधनलाई केन्द्रित गरेर संघीय लोकतान्त्रिक मोर्चा बनाएका हुन् ।  मोर्चामा जसपा, लोसपा, जनमत, राष्ट्रिय मुक्ति पार्टी, तमलोपा लगायतका दलहरू छन्।

मोर्चाको मुख्य उद्देश्य संविधान संशोधनमार्फत मधेश र आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नु रहेको छ। 

बैठकमा मोर्चाले आदिवासी जनजजाति र मधेशीबीच सहकार्य गर्ने सम्बन्धमा छलफल हुनेछ । साथै भिजिट भिसा प्रकरण र पाथिभरा क्षेत्रमा बन्न लागेको केबलकारको बारेमा पनि छलफल हुने एक नेताले बताए ।

राजेन्द्र महतो पाथिभरा क्षेत्रमा बन्न लागेको केवुलकारको विरोध गर्दै स्थानीय जनजातिलाई साथ दिन  पाथिभरा क्षेत्रमा नै गएका थिए । मधेशकेन्द्रित दल र आदिवासी जनजातिलाई एकै मोर्चामा ल्याएर आन्दोलन गर्ने उनीहरूको तयारी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार