बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार

काठमाडौं जिल्ला अदालतमा हाजिर भए धवलशमशेर

अदालतमा हाजिर भएका राणाले न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान दिनेछन् । बयान सकिएपछि बहस हुने र न्यायाधीशबाट थुनछेकसम्बन्धी आदेश आउनेछ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २ असार, २०८२ मा प्रकाशित
काठमाडौं जिल्ला अदालतमा हाजिर भए धवलशमशेर
काठमाडौं, असार २ :

काठमाडौंको तीनकुने घटनाका आरोपी राप्रपाका महामन्त्री एवं प्रतिनिधिसभा सांसद धवलशमशेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् ।

उनी कार्यालय समयमा सोमबार अदालतमा हाजिर भएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार राणाले न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान दिनेछन् । बयान सकिएपछि बहस हुने र न्यायाधीशबाट थुनछेकसम्बन्धी आदेश आउनेछ ।

२०८१ चैत १५ गते राजावादीले काठमाडौंको तीनकुनेमा गरेको आन्दोलन हिंसात्मक भएको र त्यही आन्दोलनमा सहभागी बनेका राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा लगाइएको छ ।

यसअघि प्रहरीले अनुसन्धान पूरा गरेपछि राणालाई उपचारका लागि भनेर हाजिर जमानीमा रिहा गरेको थियो । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने अझै सम्पर्कमा छैनन् । उसो त मिश्रलाई पनि अदालतले हाजिरी जमानीमा रिहा गरेको थियो । प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईंसहित ७ जना भने पुर्पक्षका लागि थुनामै छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार