सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन #धरान#प्रधानमन्त्री#वालेन्द्र शाह#दानबहादुर कार्की#महानिरीक्षक#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन
राजनीति बागमती प्रदेश भिडियो

‘भिजिट भिसा अहिलेको मात्र समस्या होइन’

जता जाँदा पनि मेरो क्रेज ०६४ को जस्तै देख्दै छु, फेरि माओवादी आउने देखेपछि कहाँ हान्ने भनेर षड्यन्त्र गर्दै छन् : अध्यक्ष दाहाल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३ असार, २०८२ मा प्रकाशित
‘भिजिट भिसा अहिलेको मात्र समस्या होइन’
चितवन, असार ३ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको दाबी गरेका छन् ।

प्रेस सेन्टर चितवनले उनकै निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताए । ‘यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपार्इंहरुले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौं,’ उनले भने, ‘यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ ।

यो मुद्दालाई त्यत्तिकै नछाड्ने दाहालले बताए । यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उनको धारणा छ । ‘मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन,’ दाहालको भनाइ छ ।

‘फेरि माओवादी आउने देखेपछि कहाँ हान्ने भनेर षड्यन्त्र गर्दै छन्’

दाहालले आफूहरु प्रतिपक्षमा भए पनि सत्तापक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताए । उनले भने, ‘हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ ।’

उनले बजेट पारित गर्नुपर्ने, संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्नुपर्नेलगायत जिम्मेवारीका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पारे ।

‘जता जाँदा पनि मेरो क्रेज ०६४ को जस्तै देख्दै छु’
दाहालले जनताको बीचमा जाँदा पार्टीको इमेज धेरै बढेको पाएको दाबीसमेत गरे । माओवादीको क्रेज बढेकै कारणले अहिले षड्यन्त्र गरेर बदनाम गराउने प्रयास भइरहेको उनको भनाइ छ ।

‘प्रचण्डको क्रेज मैले ०८४ मा जस्तो देखेको थिएँ । अहिले त्यस्तै देख्छु, फिल्डमा जाँदा, तराई-मधेसमा हाम्रो लाखौँ मान्छेसँग प्रत्यक्ष भेट भयो,’ उनले भने, ‘बालबालिका, युवा, वृद्धवृद्धाहरु सबै माओवादी र प्रचण्डतिर केन्द्रित हुन थाल्यो, यो देखेर दलाल, नोकरशाहहरु, प्रतिक्रियावादी, अवसरवादीहरूलाई बेचैन भइरहेको छ।’

उनले माओवादी फेरि आउने देखेपछि कहाँ हान्ने भनेर षड्यन्त्र भइरहेको सुनाए । ‘शेरा दरबारको कुरा उठाएर हुन्छ कि गोरु बेचेको साइनो पनि नभएको ठाउँमा प्रचण्डलाई जोडेर १२ वर्षअघि पार्टी छाडेको मान्छेसँग प्रचार गरे, क्यान्टोनमेन्ट मेरो कुनै संलग्नता छैन,’ उनले भने, ‘गिरिजाबाबु हुँदा नै फर्छ्योट भइसकेको छ । क्यान्टोनमेन्टमा केही भएको भए अहिलेसम्म रहन्थ्यो त । तर क्यान्टोनमेन्ट ल्याएर दाहाललाई केही गर्न सकिन्छ कि भनेर प्रयास भइरहेको छ । त्यो पनि पार लाग्नेजस्तो नदेखेपछि अहिले दुईबुँदेलाई ल्याएर सरकारमै रहेकाहरूले माओवादीलाई बदनाम गर्न खोजिरहेका छन् ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार