बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार बागमती प्रदेश

निलम्बनविरुद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३ असार, २०८२ मा प्रकाशित
निलम्बनविरुद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे
सरोज गुरागाईं र राजुनाथ पाण्डे । फाइल तस्बिर
काठमाडौं, असार ३ :

काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाईंको निर्णयविरुद्ध उच्च अदालत पुगेका छन् । आफूलाई पदबाट निलम्बन गर्ने गुरागाईंको निर्णयविरुद्ध पाण्डे अदालत पुगेका हुन् ।

आफूमाथिको कारबाहीविरुद्ध उच्च अदालत पाटनमा पाण्डेले मंगलबार आफैं उपस्थित भएर मुद्दा दायर गरेका छन् ।

साथै पाण्डेको मुद्दा सुनुवाइका लागि अदालतमा भोलि (बुधबार) का लागि पेसी तोकिएको छ ।

गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा पाण्डेकै नेतृत्वमा रहेको नगर प्रहरीको टोलीले अवरोध गरेको आरोपमा उनीमाथि कारबाही (६ महिना निलम्बन) अघि बढाइएको थियो ।

महानगरले यो घटनाबारे छानबिन गर्न प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा जाँचबुझ समिति पनि बनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार