
चितवन, भदौ २४ :
राप्ती नदीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै पत्ता लाग्न सकेको छैन् ।
शुक्रबार दिउँसो २ बजेको समयमा माछा मार्न निस्किएका भरतपुर महानगरपालिका- २५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरी र वडा नं २७ का ४५ वर्षीय शुकबहादुर परियार बेपत्ता भएका हुन् ।
भरतपुर महानगरपालिका- २७ जमुनाघाटस्थित राप्ती खोलामा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीय मिलेर नदीमा खोजी जारी राखिएको भए पनि अहिले सम्म भेट्टाउन नसकिएको बताउनुभयो ।