आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार राजनीति

उपप्रधानमन्त्री सिंहद्वारा बागमती नदीको बाढी जोखिम क्षेत्रको निरीक्षण

आवश्यक तयारी तत्काल अघि बढाउन निर्देशन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ असार, २०८२ मा प्रकाशित
उपप्रधानमन्त्री सिंहद्वारा बागमती नदीको बाढी जोखिम क्षेत्रको निरीक्षण
काठमाडौं, असार ५ :

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मनसुन सुरू भएसँगै बागमती नदी आसपासको सम्भावित बाढी जोखिम क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । बिहीबार गोकर्ण र माकलबारी हुँदै सुन्दरीजल क्षेत्रसम्मको निरीक्षणपछि मन्त्रालय मातहतका निकायहरूलाई आवश्यक पूर्वतयारी तत्काल अघि बढाउन निर्देशन दिएका छन्।

उनीसँग सहरी विकास मन्त्रालयका सचिव, काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोली सहभागी थियो। निरीक्षणका क्रममा ढल व्यवस्थापन, नदी सौन्दर्यकरण तथा मन्त्रालयअन्तर्गतका अन्य कामको अवलोकन गरिएको हो।

उपप्रधानमन्त्री सिंहले बागमती नदी स्वच्छ बनाउने तथा ढल व्यवस्थापनलाई प्राथमिकता दिई कार्यान्वयन गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिलाई निर्देशन दिएका छन्।

स्थानीय तहको भूमिकाबारे गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक रिसालले पालिकाले बागमती सफाइमा गरिरहेका प्रयासहरूको जानकारी दिएका थिए।यसअघि बुधबार मात्रै उपप्रधानमन्त्री सिंहले विष्णुमती नदीको बुढानीलकण्ठ क्षेत्रको पनि निरीक्षण गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार