बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

चित्रबहादुर केसीले भने- म संघीयता विरोधी होइन, तर नेपालमा यसको आवश्यकता छैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ७ असार, २०८२ मा प्रकाशित
चित्रबहादुर केसीले भने- म संघीयता विरोधी होइन, तर नेपालमा यसको आवश्यकता छैन
काठमाडाैं, असार ७ :

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभा सांसद चित्रबहादुर केसीले आफू संघीयता विरोधी नभएको स्पष्ट पारेका छन्। शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा संघीय प्रणाली आवश्यक नभएको र यसको प्रयोग व्यावहारिकरूपमा सम्भव नदेखिएको बताए।

‘म संघीयता विरोधी होइन,’ उनले भने, ‘तर नेपालमा संघीयता सम्भव छैन, यसको आवश्यकता छैन भन्नु र प्रणालीकै विरोध गर्नु एउटै होइन।’

उनले संविधान निर्माणको बेला नेपाली जनताले स्वेच्छाले संघीयता नरोजेको दाबी गरे। ‘राजीखुशीले संघीयता आएको होइन,’ केसीले भने, ‘यो प्रणाली थोपेर ल्याइएको हो।’

केसीले संघीयता लागु गरिँदा राष्ट्रलाई अनावश्यक भार परेको र यसको आर्थिक लागतले मुलुकलाई ऋणको दलदलमा डुबाएको टिप्पणी गरे। ‘प्रदेशको भारी बोकाएर राष्ट्रलाई विचल्ली गराउने उद्देश्यले संघीयता लादिएको हो,’उनले आरोप लगाए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार