आकर्षक रोजगारीको प्रलोभन देखाउँदै भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार भएको छ ।
दिल्लीस्थित नेपाली राजदूतावासले भारतको उत्तराखण्डको काशीपुरमा बोलाएर बन्दी बनाइ कुटपिट र यातना दिँदै रकम असुली गरेको सूचनाका आधारमा ३५ नेपालीको उद्धार भएको जानकारी गराएको छ ।
उत्तराखण्ड प्रहरी र किन इन्डिया संस्थाको सहयोगमा गत बिहीबार ३५ नेपालीको उद्धार भएको दूतावासले जनाएको छ । यो घटनासँऊ सम्बन्धित केही व्यक्तिलाई त्यहाँको प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको नयाँदिल्लीस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । उद्धार गरिएकाको कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काइनेछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।