कैलाली, भदौ २४ :

कैलालीको खुटिया नदीमा डुबेर एक किशोरी बेपत्ता भएकी छन् ।

धनगढी उपमहानगरपालिका–१४ जी गाउँ बस्ने की १६ वर्षीया जेनिशा अवस्थी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  

धनगढी उपमहानगरपालिका–१५ र ७ को बीचमा पर्ने वेली पुल नजिकै खुटिया नदीमा नुहाउने क्रममा अवस्थी र उहाँकी बहिनी १४ वर्षीया सवी अवस्थी डुबेका थिए ।

प्रहरी र स्थानीयको सहयोगमा सवीको उद्धार गरिएको थियो भने जेनिशा भने बेपत्ता भएकी छिन । सवीको अवस्था गम्भीर रहेको र बेपत्ता जेनिशाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।