आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति

गगन थापाको प्रस्ताव- सत्तामा पुगेका पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउँ

‘अबको पुस्ताले नयाँ नेतृत्व र दृष्टिकोण खोजिरहेको छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ८ असार, २०८२ मा प्रकाशित
गगन थापाको प्रस्ताव- सत्तामा पुगेका पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाउँ
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा। फाइल तस्बिर।
काठमाडौं, असार ८ :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०४६ सालको जनआन्दोलनपछि सत्तामा पुगेका पार्टीका नेताहरूको सम्पत्तिको निष्पक्ष छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न प्रस्ताव गरेका छन्।

आइतबार काठमाडौंमा नेपाल विद्यार्थी संघ (नेविसंघ) दोलखा काठमाडौं सम्पर्क समितिद्वारा आज आयोजित कार्यक्रममा बोल्दै थापाले यस्तो प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘कांग्रेस पार्टी सत्तामा आएपछि वडा देखि केन्द्रसम्मका जिम्मेवार नेताहरूको सम्पत्तिको छानबिन गर्न शक्तिशाली आयोग बनाऔं।’

थापाका अनुसार उक्त आयोगमा कुनै पनि राजनीतिक दलको भागबन्डामा नपरेका व्यक्तिहरूलाई नियुक्त गर्नुपर्छ ताकि छानबिन निष्पक्ष होस्। उनले स्पष्ट पारे, ‘कांग्रेसको जो जो पर्छ, जुनसुकै तहको पर्ला, नेता पर्ला, नाता पर्ला, परिवारको पर्ला सबैको छानबिन गरौं।’

उनले दिए कि यदि यस्तो कदम चाल्न सकिएन भने नयाँ पुस्ताले कांग्रेस र पुराना नेताहरूप्रति विश्वास नराख्ने चेतावनी दिए। ‘अबको पुस्ताले नयाँ नेतृत्व र दृष्टिकोण खोजिरहेको छ,’ उनले भने, ‘यिनको गुनासो नसुन्दासम्म हामी उनीहरूसँग संवाद गर्नै सक्दैनौं।’ थापाले आगामी निर्वाचन अगाडि नै पार्टीले उनीहरूको भावना सम्बोधन गर्नुपर्नेमा  जोड दिए।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार