बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

परराष्ट्रमन्त्री राणाले सदनमा भनिन्- विपिन जोशीको रिहाइका लागि उच्च तहमा प्रयास भइरहेको छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ९ असार, २०८२ मा प्रकाशित
परराष्ट्रमन्त्री राणाले सदनमा भनिन्-  विपिन जोशीको रिहाइका लागि उच्च तहमा प्रयास भइरहेको छ
काठमाडौं, असार ९ :

परराष्ट्रमन्त्री आरजु राणाले हमासद्वारा अपहरणमा परेका नेपाली नागरिक विपिन जोशीको सकुशल रिहाइ र नेपाल फिर्तीका लागि उच्च तहमा प्रयास भइरहेको बताएकी छन्।

प्रतिनिधिसभामा सोमबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री राणाले विपिन जोशी अहिले सकुशल रहेको जानकारी दिँदै, 'हाम्रा छोरा विपिन सकुशल छन् र फर्किनेछन्। हामीले पहल गरिरहेका छौँ। कहिल्यै गिभअप गर्नु हुँदैन,' भनी दृढ अडान व्यक्त गरिन्।

उनले इजिप्ट, टर्की र इरानका परराष्ट्रमन्त्रीहरूसँगसमेत यस विषयमा कुराकानी गरिसकेको जानकारी दिँदै कूटनीतिक माध्यमबाट रिहाइको प्रयास तीव्र पारिएको बताइन्।

मन्त्री राणाले यो प्रयासमा आफू मात्र नभई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूको समेत सक्रिय भूमिका रहेको स्पष्ट पारिन्।

हमासले युद्धबन्दीहरु धमाधम रिहा गरिरहँदा नेपालका विपिन जोशी कहिले छुट्लान भन्ने सधैं चासो हुने गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार