
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, असार ११ :
गुडिरहेको इलेक्ट्रिक स्कुटरमा आगो लागेको छ । काठमाडौंको रत्नपार्कमा बुधबार बिहान पौने १० बजेतिर बागमती प्रदेश ०२-०१९ प ६२४५ नम्बरको स्कुटरमा आगो लागेको हो ।
आगलागीको जानकारी पाउनासाथ नेपाल प्रहरीको टोली तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको छ । स्कुटर चालक सकुशल छन् ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।