आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति

समयमै बजेट ल्याउन काठमाडौं महानगर किन चुक्यो ?

मेयर बालेनप्रति बजेट तर्जुमा समितिको ध्यानाकर्षण
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ११ असार, २०८२ मा प्रकाशित
समयमै बजेट ल्याउन काठमाडौं महानगर किन चुक्यो ?
काठमाडौं, असार ११ :

देशका अन्य पाँच महानगरले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि समयमै बजेट पेस गरे पनि सबैभन्दा ठुलो स्थानीय तह काठमाडौँ महानगरपालिका भने निर्धारित मिति (असार १०) भित्र बजेट ल्याउन चुकेको छ।

बजेट तर्जुमा तथा कार्यक्रम समितिले मेयर बालेन्द्र शाहको ध्यानाकर्षण गराउँदै, बजेट निर्माण प्रक्रियामा असहयोग गरेको आरोप लगाएको छ। समितिका सदस्य तथा प्रवक्ता नवीन मानन्धरका अनुसार मेयर शाहले समन्वय गर्न नसक्दा बजेट प्रक्रिया अघि बढ्न सकेन।

समितिले मंगलबार अनौपचारिक र बुधबार औपचारिकरूपमा मेयरलाई ध्यानाकर्षण गराएको छ। बजेट तर्जुमा समितिको संयोजक उपप्रमुख सुनीता डंगोल छन् भने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहित विभिन्न समितिका संयोजक सदस्य छन्।

काठमाडौँ टावरको तला थप्ने विषयमा मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले स्थिति झनै जटिल बनाएको बताइएको छ। समितिका एक सदस्यका अनुसार, निष्पक्ष छानबिन भए अरू व्यक्तिहरू दोषी ठहरिने सम्भावना बढी छ।

बजेट निर्धारण नहुँदा विकास निर्माण, कर्मचारी पारिश्रमिक, सामाजिक भत्ता, फोहोरमैला व्यवस्थापन लगायत सेवा साउन १ गतेदेखि प्रभावित हुने अनुमान गरिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार असार १० भित्र बजेट नगरसभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि काठमाडौँ महानगरले उक्त म्याद पालना गर्न सकेको छैन। स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले वैशाख १० भित्र कार्य सम्पन्न गर्नुपर्ने दफा ६६ (६) को व्यवस्था पनि उल्लंघन भएको बैठकमा समीक्षा गरिएको छ।

बजेट निर्माण प्रक्रिया अघि बढाउन समितिले मेयरलाई संयोजकका रूपमा आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्दै कार्यसम्पादनमा सहजीकरण गर्न अनुरोध गरेको छ।

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार