आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार भिडियो

लागुऔषध नियन्त्रण गर्न छुट्टै विभाग स्थापना गर्ने गृहमन्त्रीको घोषणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १२ असार, २०८२ मा प्रकाशित
लागुऔषध नियन्त्रण गर्न छुट्टै विभाग स्थापना गर्ने गृहमन्त्रीको घोषणा
काठमाडौं, असार १२ :

गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग गठन गर्ने घोषणा गरेका छन् ।

काठमाडौंमा बिहीबार आयोजित लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले लागुऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताए । ‘लागुऔषध नियन्त्रण गर्न आगामी आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ,’ उनले भने, ‘गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम, रोकथाम र सजायलगायत कार्यक्रम अघि बढाएको छ ।’

लागुऔषध सेवन दुर्व्यवसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबर क्राइमलगायत घटना हुने गरेको उनको भनाइ छ । ‘मुख्य विषय भनेको यसको रोकथाम नै हो । जनचेतना महत्त्वपूर्ण विषय हो । लागुऔषधको दुरुपयोगले समाजलाई भयावह ढंगले प्रभावित गरेको छ,’ उनले भने, ‘लागुऔषध नियन्त्रणका लागि समाज, घर, टोल र विद्यालयसम्म पुगेर सचेतनामूलक कार्यक्रम आवश्यक छ ।’

लागुऔषध नियन्त्रण अभियानमा सहयोग गर्न आग्रह गर्दै गृहमन्त्री लेखकले सरकारको प्रयासले मात्रै नियन्त्रण कठिन रहेको बताए । ‘एक लाख ३४ हजार जना लागुऔषध सेवनककर्ता रहेको तथ्यांक छ । समाज नराम्रोसित प्रभावित हुँदै छ,’ उनले भने, ‘मुलुकभरका कारगाराका कैदीबन्दीमध्ये दोस्रो ठुलो संख्यामा लागुऔषध दुर्व्यवसन, ओसारपसार, भण्डार गर्नेहरुको संख्या छ । यसबाट पनि यसको अवस्था प्रस्ट हुन्छ ।’

दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र विभिन्न सरोकारवाल निकाय, सरकारीतथा गैरसरकारी संस्थाहरुको सहभागिता थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार