शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति भिडियो

विनियोजन विधेयक २०८२ राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

‘बजेट यथार्थपरक र बजेटका अनुमानले नतिजा प्राप्त हुन सकोस् भनेर ध्यान दिइएको छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १२ असार, २०८२ मा प्रकाशित
विनियोजन विधेयक २०८२  राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत
काठमाडौं, असार १२ :

राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

त्यसअघि उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुको उठाएको प्रश्नको जवाफ दिदैँ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयनमुखी र सन्तुलित रहेको बताए । उनले बजेट यथार्थपरक र बजेटका अनुमानले नतिजाप्राप्त हुनसकोस भनेर मन्त्रालयले ध्यान दिएको उल्लेख गरे ।

उपप्रधानमन्त्री पौडेलले न्यायपूर्ण विनियोजनका पक्षमा रहेर बजेट आएको दाबी गरे । उनले भने, ‘यो बजेट कार्यान्वयन हुने आधारसहित आएको छ । बजेटको आकार निर्माण गर्दा स्रोत व्यवस्थापनलाई व्यवहारिक रुपमा संयमित र सन्तुलित बनाइएको छ, बजेट निर्माणमा अनुशासन पालना गरिएको छ ।’

उपप्रधानमन्त्री पौडेलले बजेट कार्यान्वयन अर्थ मन्त्रालयको मात्र नभई समग्र मन्त्रालयको साझा जिम्मेवारी रहेको भन्दै सबैले जिम्मेवारीपूर्वक बजेट कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा राष्ट्रियसभा सदस्यहरु उर्मिला अर्याल, पदमबहादुर परियार, गोपाल भट्टराई, शेखरकुमार सिंह, भुवनबहादुर सुनार, तुलसा दहाल, गोपीबहादुर सार्की अछामी र सुमित्रा बिसीले धारणा व्यक्त गरेका थिए ।   सभाको अर्को बैठक यही असार १५ गते आइतबार अपरान्ह १२ बजेर १५ मिनेटमा बस्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार