काठमाडौं, असार १२ :

विशेष अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्युज डट कमका सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको छ।

अदालतमा आजै भएको बयानपछि विशेष अदालतको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। इजलासमा अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा, तथा विदुर कोइराला सहभागी थिए।

यसअघि अदालतले दृष्टि न्युज अनलाइनमा प्रकाशित एक समाचार नहटाउन र परिमार्जन नगर्न आदेश दिएको थियो। तर, उक्त निर्देशन पालना नगरेको आरोपमा अदालतको अवहेलना मुद्दा दर्ता भएको हो।