मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ३० मिनेट अगाडि प्रकाशित
आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौं, मंसिर ८ :

राष्ट्रिय जेनजी नागरिक अभियानले लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा आनि छोइङ डोल्मालाई गरिएको नियुक्ति गैरकानुनी र विधि तथा प्रक्रियाविपरीत भएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

अभियन्ताहरू सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले आनि छोइङ डोल्माको नियुक्तिको कानुनी वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्।

नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी नियुक्ति गरिएको भन्दै अभियानले यसअघि पनि विरोध तथा खबरदारी गर्दै आएको थियो। विरोध हुँदै गर्दा उनले लुम्बिनी विकास कोषमा उपस्थित भएर कार्यभार सम्हालिसकेकी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार