कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भावी पुस्ताका लागि साझा हिमाली प्राकृतिक सम्पदाको संरक्षण सामूहिक सहकार्य र प्रतिवद्धता आवश्यक रहेको बताएकी छन्।
मंगलबार काठमाडौंमा आयोजित जङ्गली औषधीय बोटबिरुवाको व्यवस्थापन सम्बनधी अन्तर्राष्ट्रिय दिगोपन मञ्चमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण साझा सम्पदा जोखिममा परेको भन्दै भावी पुस्ताका लागि साझा हिमाली प्राकृतिक सम्पदाको संरक्षण सामूहिक सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताएकी हुन् ।
उनले पर्वतीय समुदाय-विशेषगरी महिला, युवा, आदिवासी जनजाति र स्थानीय समुदाय-लाई वास्तविक तथा न्यायपूर्ण आर्थिक अवसर पु¥याउने गरी हिमाली प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । हिमाली प्राकृतिक सम्पदा लाभहरू समान रूपमा बाँडफाँड गर्नका लागि पारदर्शी, जिम्मेवार र कानुनसम्मत क्षेत्रीय अर्थतन्त्र निर्माण गर्नुपर्ने उनले बताइन् ।
साथै उनले २०२७ देखि २०३२ सम्मको प्रस्तावित क्षेत्रीय सहकार्य ढाँचा र कार्ययोजनाले राजनीतिक दृष्टिकोणलाई सामूहिक कार्यमा रूपान्तरण गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सुनकोसी-मरिण डाइभर्सनको ठेक्का रद्द प्रकरण : सात दिनभित्र सम्पूर्ण कागजात बुझाउन समितिको निर्देशन
प्रधानमन्त्री शाह स्वदेश फर्किए, समकक्षी मोदी र भारतीय जनतालाई दिए धन्यवाद
निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा छ : मन्त्री रावल