जनकपुरधाम, मंसिर ८ :
भारतको अयोध्याबाट नेपालको जनकपुरधाम जोड्ने ‘सरयु–कमला एक्सप्रेस’ रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ।
सोमबार दिउँसो साढे १२ बजे अयोध्याबाट छुटेको रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम आइपुगेको हो। रेल जनकपुरधाम आइपुग्दा यात्रुहरूलाई फूलमाला तथा नेपाल र भारतका राष्ट्रिय झन्डा प्रदर्शन गरी स्वागत गरिएको थियो।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भिडिओ कन्फरेन्समार्फत अयोध्या–जनकपुर जोड्ने उक्त रेल सेवाको संयुक्त उद्घाटन गरेका थिए।
दुई देशबीचको धार्मिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले सुरु गरिएको यस रेल सेवाले अयोध्या र जनकपुरधामबीचको आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा आठ राउन्ड हवाई फायर
आनि छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
हिमाली प्राकृतिक सम्पदा संरक्षणमा सामूहिक सहकार्य र प्रतिबद्धता आवश्यक : कृषिमन्त्री चौधरी