शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति बागमती प्रदेश भिडियो

देउवा भन्छन्- कांग्रेस-एमाले फरक दल हुन्, कहिलेकाहीँ असमझदारी हुनु सामान्य हो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १३ असार, २०८२ मा प्रकाशित
देउवा भन्छन्- कांग्रेस-एमाले फरक दल हुन्, कहिलेकाहीँ असमझदारी हुनु सामान्य हो
चितवन, असार १३ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दल एमालेसँग बेलाबेलामा असमझदारी देखिनु स्वाभाविक रहेको बताएका छन् ।

फरक राजनीतिक विचारधारा भएका दलहरूबीच सत्तासाझेदारी हुँदा कहिलेकाहीँ मतभेद हुनु सामान्य हुने उनको भनाइ छ ।

चितवनको भरतपुरमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारका केही निर्णयप्रति फरक बुझाइका कारण असमझदारी देखिए पनि यसलाई अनौठो ठान्न नहुने स्पष्ट पारे ।

‘एमाले फरक दल भएकाले कहिलेकाहीँ असमझदारी देखिन्छ । यो स्वभाविक हो,’ सभापति देउवाले भने, ‘तर सरकार आपसी सहमतिमै अघि बढिरहेको छ ।’

उनका अनुसार कांग्रेसको आग्रहपछि सरकारले बजेटमा रहेको ‘टेक एन्ड पे’ व्यवस्था सहज ढंगले हटाएको हो । देउवाले यसलाई सरकारभित्रको समन्वय र सहकार्यको सकारात्मक उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार