बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
खेलकुद

नेपाल प्रिक्वाटरफाइनलमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १३ असार, २०८२ मा प्रकाशित
नेपाल प्रिक्वाटरफाइनलमा
काठमाडौं, असार १३ :

नेपाल २९औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यू-१९ ब्वाइज टिम इभेन्टमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

उज्वेकिस्तानको तास्केन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा नेपालले साउदी अरेबियालाई ३-१ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा पुग्न सफल भयो ।

३ अंक बटुलेको नेपाल समूह उपविजेता हुँदै प्रिक्वाटरफाइनलमा पुगेको टोली प्रमुख ज्याकी महर्जनले जनाएका छन् ।

नेपालबाट पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र धनञ्जय दाहाल सहभागी छन् । नेपालको समूहमा भारत र साउदी अरेबिया छन् । नेपाल र साउदीलाई हराएको भारत समूह विजेता बन्दै प्रिक्वाटरफाइनलमा पुग्यो ।

प्रिक्वाटरफाइनलमा नेपालले मलेसियाको सामना गर्नेछ । टोली प्रमुख महर्जन र प्रशिक्षक मोहनदास बासुकलाले नेपाली टेबलटेनिसको इतिहासमा यो सफलता ऐतिहासिक भएको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार