आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
समाचार खेलकुद

रोकाया र श्रेष्ठलाई वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ असार, २०८२ मा प्रकाशित
रोकाया र श्रेष्ठलाई वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि
काठमाडौं, असार १४ :

नेपाली सेनाका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले पाँचौं वीर गणेशमान सिंह १० किलोमिटर (टेन के ) दौडको उपाधि उचालेका छन् ।

शनिबार बिहान भएको प्रतिस्पर्धामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै रोकाया र श्रेष्ठले उपाधि उचालेका हुन् । सेनाका रोकायाले ३१ मिनेट २२ सेकेन्डमा दौड पूरा गरे भने नेपाल रन यूकेकी श्रेष्ठले ३८ मिनेट ३ सेकेन्डमा दौड पूरा गरिन् ।

गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा शनिबार भएको दौडमा पुरुषतर्फ सेनाका खडकबहादुर खड्काले (३१ मिनेट ३५ सेकेन्ड) दोस्रो र मुकेशबहादुर पाल (३२ मिनेट १२ सेकेन्ड) ले तेस्रो स्थान हासिल गरे । केन्याका जुलियस मुरिओकीले सान्त्वना स्थान हासिल गरे ।

त्यस्तै महिलातर्फ नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो (३९ मिनेट १९ सेकेन्ड), सशस्त्र प्रहरीकी आशा रावत तेस्रो (४० मिनेट २७ सेकेन्ड ) र फूलमति रानाले सान्त्वना स्थान हासिल गरिन् ।

बिहान ७ बजे एडिडास शो रुम दरबारमार्गबाट सुरु दौड भद्रकाली, रत्नपार्क, जमल, दरबारमार्ग, केशर महल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, बालुवाटार, नक्साल, जय नेपाल हल हुँदै पुनः दरबारमार्ग पुगेर टुंगिएको थियो । ३ वटा विभागीय टोली, विभिन्न संघ संस्था, स्कुल, कलेज, केही विदेशी खेलाडी गरी झन्डै ५ सय खेलाडीको सहभागिता थियो ।

१० किमि दौडमा महिला तथा पुरुषका विजेताले समान ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र कर्णाली प्रदेशका अर्थमन्त्री राजीवविक्रम शाह, मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहसहितले विजेता खेलाडीलाई प्रमाणपत्र र मेडल हस्तान्तरण गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार