बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

गृहमन्त्रीलाई रोशन कार्कीको चेतावनी- धेरै फुर्ती नदेखाउनुस्, तपाईं पनि एकदिन जनताको कठघरामा उभिनैपर्छ

‘नैतिकता छ भने राजीनामा दिनुस्’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ असार, २०८२ मा प्रकाशित
गृहमन्त्रीलाई रोशन कार्कीको चेतावनी- धेरै फुर्ती नदेखाउनुस्, तपाईं पनि एकदिन जनताको कठघरामा उभिनैपर्छ
काठमाडाैं, असार १४ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले भिजिट भिसाको नाममा नेपालीहरुलाई मानव तस्करी गरेर बेच्न पाइन्छ ? भनी गृहमन्त्रीलाई प्रश्न गरेकी छन् । प्रतिनिधिभाको शनिबारको बैठकमा उनले आक्रोशित हुँदै यस्तो प्रश्न गरेकी हुन्।

उनले दुधको साक्षी बिरालो भने झै आफूलाई उम्काउने गरी गृहमन्त्री छानबिन समिति बनाएको आरोप समेत लगाइन् । सांसद कार्कीले गृहमन्त्री धेरै दिनसम्म उम्केर बस्न नसक्ने भन्दै उनले एक दिन जनताको कठघरामा उभिनै पर्ने बताइन् ।

उनले भनिन्, ‘गृहमन्त्रीले यस्तो समिति बनाउनु भयो, जुन समितिबाट उम्किन र कमाइलाई बचाउन पनि धेरै सजिलो भएको छ । गृहमन्त्रीज्यू धेरै फुर्ती नदेखाउनुस् । किनभने एक दिन यस्तो दिन आउँछ । तपाईं पनि पल्लो छेउबाट ओल्लो छेउ आउनुहुन्छ ।’

उनले गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनलाई सघाउन पनि आग्रह गरिन् । साथै नेपाली जनतालाई भिजिट भिसा प्रकरणबाट मुक्त गर्नलाई सहयोग गर्न पनि गृहमन्त्रीलाई आग्रह गरिन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार