![]()
काठमाडौं, असार १५ :

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ ।
परीक्षा आगामी साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
अस्ति (शुक्रबार) प्रकाशित २०८१ सालको एसईई परीक्षाको नतिजाअनुसार यस वर्ष १ लाख ६७ हजार ५९७ जना विद्यार्थी ननग्रेड अर्थात् अनुत्तीर्ण भएका छन् ।
बोर्डले परीक्षामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने सूचनामार्फत जनाएको छ ।