बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति भिडियो

चेतावनी शैलीमा सांसदहरुलाई सभामुखको निर्देशन- जिम्मेवारी पूर्ण ढंगले प्रमाणित हुने गरी बोल्नुस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १५ असार, २०८२ मा प्रकाशित
चेतावनी शैलीमा सांसदहरुलाई सभामुखको निर्देशन- जिम्मेवारी पूर्ण ढंगले प्रमाणित हुने गरी बोल्नुस्
काठमाडौं, असार १५ :

सभामुख देवराज घिमिरेले सांसदहरुलाई जिम्मेवारीपूर्वक प्रस्तुत हुन निर्देशन दिएका छन् । संसदमा बढ्दो असभ्य व्यवहारप्रति आक्रोशित बनेका सभामुखले आइतबारको बैठकमा चेतावनी शैलीमा सांसदहरुलाई संयमित हुन आग्रह गरे ।

विशेषगरी सांसद रामहरि खतिवडा र डोलप्रसाद अर्यालबीच आरोप-प्रत्यारोप चलेपछि सभामुख घिमिरेले संसदमा बोलेका प्रत्येक शब्दका लागि सांसदहरु जवाफदेही हुनुपर्ने बताए । 

तलको भिडियोमा हेर्नुहोस् डोलप्रसाद र रामहरिबीचको जुहारी :

उनले भने, ‘माथिबाट होस् या तलबाट, समय लिएर बोलेका कुरा जिम्मेवारीपूर्वक हुनु आवश्यक छ । सांसदहरुले बोलेका कुराले राष्ट्रको गरिमा बढाउने खालको हुनुपर्छ ।’

सभामुखले संसदीय अभ्यासमा गैरसंसदीय भाषा प्रयोग, नाम किटेर लाञ्छना लगाउने, आरोप लगाउनेजस्ता विषय रेकर्डबाट हटाउने परम्परा रहेको प्रस्ट पारे । उनले सांसदहरुलाई सम्बोधन गर्दै यस्तो व्यवहार संसदीय मर्यादाविपरीत हुने उल्लेख गरे ।

‘सांसदहरुले आफूले बोलेका सबै कुरा सभामुखलाई देखाएर संसदबाट निर्णय गराउन खोज्न मिल्छ ?’ घिमिरेको प्रश्न थियो ।

प्रतिनिधिसभामा पछिल्ला दिनहरूमा सांसदबीचको विवाद, आरोप र अव्यवस्थित भाषाले संसदको गरिमामा आँच पुगेको भन्दै सभामुख घिमिरेले सांसदहरूको ध्यान त्यसतर्फ आकर्षित गराएका हुन् ।

रामहरिलाई डोलप्रसादको जवाफ- सुमिरे टुर एन्ड ट्राभल्स मेरै हो, नफर्केको एकजना देखाउन चुनौती

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार