बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार खेलकुद क्रिकेट

नेपाल र क्यानडाबीचको खेल भदौ ३१ गते

· सोमबार, २५ भदौ, २०८१ मा प्रकाशित
नेपाल  र क्यानडाबीचको खेल भदौ ३१ गते
CAN
काठमाडौँ, भदौ २५ :

 नेपालले क्यानडा र ओमानसँग खेल्ने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल यही भदौ ३१ गते घरेलु टोली क्यानडासँगै खेल्ने एकदिवसीय शृङ्खलाको यात्रा शुरु गर्नेछ ।

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा भदौ ३१ गतेदेखि असोज १० सम्म हुने हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल र क्यानडासहित ओमान सहभागी हुँदैछन् ।

शृङ्खलामा नेपालको पहिलो खेल भदौ ३१ मा क्यानडासँग हुँदा दोस्रो खेल असोज २ गते ओमानसँग रहेकोछ ।

त्यसैगरी तेस्रो खेलमा असोज ६ गते पुनः क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध दोस्रो खेल खेल्नेछ । सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुने कार्यक्रम छ ।।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार