बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
समाचार राजनीति भिडियो

यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय [सूचीसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १६ असार, २०८२ मा प्रकाशित
यी हुन् मन्त्रिपरिषद्का १५ निर्णय [सूचीसहित]
काठमाडौं, असार १६ :

मन्त्रिपरिषद् बैठकले १५ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असार १३ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १५ वटा निर्णय गरेको जानकारी दिए ।

मन्त्री गुरुङले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरुमा पूर्वसचिवहरु रोहितकुमार विसुराल तथा थानेश्वर गौतमलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको बताए ।

यसैगरी बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मन्त्री गुरुङले विदेशी विनिमय विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने, सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार