बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

कालो कपडासहित कांग्रेस पार्टी कार्यालय अगाडि नेविसंघको प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १६ असार, २०८२ मा प्रकाशित
कालो कपडासहित कांग्रेस पार्टी कार्यालय अगाडि नेविसंघको प्रदर्शन
काठमाडौं, असार १६ :

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तत्काल अधिवेशन गर्नुपर्ने माग गर्दै सोमबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयअगाडि  प्रदर्शन गरेका छन्। पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि नेविसंघका केही नेताहरूले आफ्नै संगठनको नेतृत्व र मातृ पार्टीप्रति असन्तोष जनाउँदै प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारी विद्यार्थी नेताहरूले समयमा नै अधिवेशन नभएकोप्रति व्यङ्ग्ग गर्दै 'म म्यादि नेविसंघ, मेरो अधिवेशन कहिले ?', 'म मेरो पार्टीले बन्धक बनाएको नेविसंघ', '९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ' लेखिएका प्लेकार्ड बोकेका थिए। साथै उनीहरुले कालो कपडाले शरीर र मुख छोपेर सांकेतिक विरोध जनाएका थिए।

प्रदर्शनकारीहरूले हालको नेविसंघ नेतृत्वले मातृ पार्टीबाट पाएको जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाउँदै विधानअनुसार नयाँ कार्यसमिति गठन गर्न माग गरेका छन्।उनीहरुले अधिवेशनको सुनिश्चितता बिना म्याद थप्नुको औचित्य के हो ? भनी प्रश्न पनि उठाएका छन्।

नेविसंघको अधिवेशन ९ वर्षदेखि रोकिएको छ, जसले संगठनभित्र आन्तरिक असन्तोष र नेतृत्वको वैधतामाथि प्रश्न उठाइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार