बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

कुलिङ पिरियडमा थपिएको शब्दबारे सांसदहरुले गराए सभामुखको ध्यानाकर्षण

‘समितिबाट पारित भएको विधेयक संसदमा पुग्दा बङ्ग्याइसकिएको सांसदहरूलाई पत्तै थिएन’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १७ असार, २०८२ मा प्रकाशित
कुलिङ पिरियडमा थपिएको शब्दबारे सांसदहरुले गराए सभामुखको ध्यानाकर्षण
काठमाडौं, असार १७ :

निजामति सेवा विधेयकमा गरिएको विवादास्पद परिवर्तनबारे संघीय संसद्का सभामुख देवराज घिमिरेसमक्ष सांसदहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्।

सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा पुगेर सांसदहरूले  संसद्मा प्रस्तुत प्रतिवेदनमा अनधिकृत रुपमा 'कुलिङ पिरियड' मा बाहेक शब्द थपिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका हुन् ।

एमाले, माओवादी केन्द्र र कांग्रेसका सांसदहरूले सभापति रामहरि खतिवडा र सचिव सुरज दुराको राजीनामा माग गर्दै संसदीय छानबिन समिति गठन गर्न जोड दिएका छन्।सांसदहरूको आक्रोशपछि सभामुखले दलहरूबीच छलफल थालेका छन्।

 कुलिङ पिरियडको व्यवस्थाबारे समितिबाट सर्वसम्मतिबाट पारित भएको विधेयक संसदमा पुग्दा बङ्ग्याइएको सांसदहरूलाई समेत अत्तोपत्तो थिएन । जब यस बारेमा थाहा भए त्यसपछि सांसदहरुले छानबिनको माग राखेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार