
फाइल तस्बिर।
नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐनको कार्यान्वयनका लागि असार २३सम्म कुर्ने भएको छ।
शिक्षा मन्त्रालयसँग भएको सहमतिका अनुसार ऐन असार १५ भित्र ल्याउने सहमति भएको थियो । तर सहमति अनुसार ऐन जारी नभएपछि शिक्षक महासंघ केही दिन कुर्ने पक्षमा गएको हो ।
विवादका कारण प्रतिबद्धता जनाएको म्याद गुज्रिएको अवस्था छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सोमबार विधेयक पास गर्ने तयारी थियो । तर शिक्षकका मागका विषयमा विवाद भएपछि पास हुन सकेन ।
महासंघले ७५/२५ प्रतिशतको पदपूर्ति र कार्य मूल्यांकन अंक घटाउने माग राख्दै आन्दोलनको चेतावनी दिएको छ।
अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धा गर्नेगरी विधेयक पास गर्ने तयारी थियो । शिक्षक महासंघ ७५/२५ प्रतिशतबाट ब्याक हुन नसक्ने अडानमा छ ।