आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र सेयर बजार

हरियाली बनेको नेप्से ३४ अंकले बढ्यो, पौने १० अर्बको कारोबार

हरियाली बनेको नेप्सेमा आज ३१७ वटा कम्पनीको ८९ हजार ४६८ पटकको कारोबारमा तीन करोड एक लाख ८२ हजार ३४१ कित्ता सेयर किनबेच भए ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ असार, २०८२ मा प्रकाशित
हरियाली बनेको नेप्से ३४ अंकले बढ्यो, पौने १० अर्बको कारोबार
काठमाडौं, असार १८ :

साताको चौथो कारोबार दिन बुधबार नेप्से ३४.४२ अंकले बढेको छ । योसँगै नेप्से २,६९४.८२ अंकमा पुगेको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ५.५२ अंकले बढेर ४६२.२७ अंकमा चढेको छ ।

हरियाली बनेको नेप्सेमा आज ३१७ वटा कम्पनीको ८९ हजार ४६८ पटकको कारोबारमा तीन करोड एक लाख ८२ हजार ३४१ कित्ता सेयर किनबेच भए । जसकारण कुल कारोबार रकम ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ रुपैयाँ पुग्यो । बुधबार १८२ वटा कम्पनीको सेयरको मूल्य बढ्दा ६५ वटाको घट्यो । एउटा कम्पनीको सेयर मूल्य भने यथावत् रह्यो ।

साथै नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सबै समूहका सूचक हरियाली बनेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा ग्रिन डेभलेपमेन्ट बैंक लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा आईसीएफसी लिमिटेड डिबेन्चर परेको छ । 

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड परेको छ । एनआरएन इन्फ्रास्ट्रक्चरको अन्तिम कारोबार मूल्य २,२५० रुपैयाँ कायम रह्यो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार