सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार लुम्बिनी प्रदेश अर्थतन्त्र

कर्णाली विकास बैंकका तत्कालीन अध्यक्ष मिश्र पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ असार, २०८२ मा प्रकाशित
कर्णाली विकास बैंकका तत्कालीन अध्यक्ष मिश्र पक्राउ
काठमाडौं, असार १८ :

कर्णाली विकास बैंक घोटाला प्रकरणमा तत्कालीन अध्यक्ष पशुपतिदयाल मिश्र पक्राउ परेका छन् । उनी २०६६ देखि ०७५ सालसम्म ब‌ैंकको अध्यक्ष थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार उनलाई नेपालगन्जबाट बुधबार पक्राउ गरिएको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका मिश्रसँगै कर्णाली विकास बैंक घोटाला प्रकरणमा अहिलेसम्म तीनजना पक्राउ परिसकेका छन् । यसअघि प्रहरीले यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाशसिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ गरेको छ ।

सीआईबीका अनुसार पक्राउ परेकाहरुविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको छ । कर्णाली विकास बैंकमा दुई अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार