मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
समाचार स्वास्थ्य भिडियो

एक सातामा ३५ जनामा कोरोना संक्रमण

पछिल्लो चौबीस घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकजनाको मृत्युसमेत भइसकेको छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २० असार, २०८२ मा प्रकाशित
एक सातामा ३५ जनामा कोरोना संक्रमण
काठमाडौं, असार २० :

नेपालमा कोभिड-१९ को संक्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड-१९ को संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

हालसम्म कोभिड-१९ का २४९ जनामा कोरोना संक्रमण देखापरेको छ । एक सातामा ३५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड-१९ बाट एक जनाको मृत्युसमेत भइसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले देशभर १७ सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड-१९ को निगरानीलाई थप प्रभावकारी बनाएको बताए । उनले भने, ‘सबै सीमा नाकाका हेल्थ डेस्कमा कोभिड-१९ आरडीटी विधिबाट परीक्षण भइरहेको छ ।’

कोभिड-१९ लगायत श्वास–प्रश्वासका माध्यमबाट सर्ने अन्य विभिन्न सङ्क्रामक रोगबाट सुरक्षित हुन मास्क लगाउने, साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता मापदण्ड अपनाउन अनुरोध गरिएको छ ।

उनले कोभिड-१९ प्रभावित क्षेत्रबाट आएका र कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षण भए ‘सेल्फ क्वारिन्टिन/आइसोलेसन’ मा बस्न आग्रहसमेत गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार