मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
समाचार

‘मेरी बास्सै’की अप्सरा आमाको अन्त्येष्टि

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २१ असार, २०८२ मा प्रकाशित
‘मेरी बास्सै’की अप्सरा आमाको अन्त्येष्टि
काठमाडाैं, असार २१ :

लोकप्रिय टेलिश्रृंखला ‘मेरी बास्सै’मा अप्सरा आमाको भूमिका निभाएकी कलाकार लक्ष्मी श्रेष्ठको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। क्यान्सरपीडित श्रेष्ठको शुक्रबार राति निधन भएको थियो।

उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान गरिएको थियो।

श्रेष्ठलाई दशैँपछि स्वास्थ्य समस्या देखिएपछि चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो। एक महिनाअघि अस्पतालले उपचार सम्भव नभएको भन्दै घर पठाएपछि उनी काठमाडौँको बालुवाखानीस्थित घरमै थलिएकी थिइन्।

उनको अन्त्येष्टिमा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसी, कलाकार रामचन्द्र अधिकारी, दीपकराज गिरी, गायिका राधिका हमाललगायतको उपस्थिति थियो।

लक्ष्मीले ‘मेरी बास्सै’मा खड्काजीको श्रीमती अप्सरा आमाको छुच्चो भूमिकामा अभिनय गरेर दर्शकको मन जितेकी थिइन्। उनी ‘जिरे खुर्सानी’, ‘कान्छी’ लगायत थुप्रै टेलिश्रृंखला, फिल्म र म्युजिक भिडियोमा पनि देखिएकी थिइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार