बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

उपमेयर डंगोलको अपिल- संयमता र संवादबाटै बजेट प्रक्रिया अघि बढाऔं

‘असार १० भित्र बजेट प्रस्तुत भइसक्नुपर्ने थियो’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ असार, २०८२ मा प्रकाशित
उपमेयर डंगोलको अपिल- संयमता र संवादबाटै बजेट प्रक्रिया अघि बढाऔं
काठमाडौं, असार २३ :

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले संविधान र कानुनको परिधिभित्र रहेर खुला छलफलमार्फत संयमतापूर्वक बजेट प्रक्रिया अघि बढाउन सबै जनप्रतिनिधिहरूलाई अपिल गरेकी छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले वातावरण बिगार्ने होइन, सम्हालेर अगाडि बढ्न आग्रह गरेकी हुन्। ‘डुंगा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्र बाँच्छु भन्ने दुर्भाग्यपूर्ण बाटो रोज्ने प्रयास नगरौँ,’ उनले भनेकी छन्, ‘हामी सबै हातेमालो गरेर अघि बढ्नुपर्छ।’

उनका अनुसार असार १० गते नै बजेट प्रस्तुत गरिनुपर्ने र मसान्तभित्र पारित भइसक्नुपर्ने कानुनी बाध्यता हुँदाहुँदै पनि आजसम्म कार्यपालिका, नगरसभा, बजेट तर्जुमा समिति तथा स्रोत अनुमान समिति बैठकहरू बस्न सकेका छैनन्।

डंगोलले प्रमुख प्रशासकीय अधिकृतको मात्र दोष देखाएर प्रक्रिया अवरुद्ध गर्नु अनुचित भएको बताउँदै यदि उहाँ दोषी छन् भने कानुनबमोजिम कारबाही हुनुपर्नेमा आफू अडिग रहेको स्पष्ट पारिन्।

प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थितिमा बैठक राख्ने विषयमा पनि उनले असहमति जनाएकी छन्। ‘जनप्रतिनिधिले उहाँलाई बैठकमै राखेर प्रश्न गर्ने अवसर पाउनुपर्छ,’ उनले लेखेकी छन्, ‘अन्यथा जनतामा प्रश्नबाट भाग्न खोजिएको भनी संशय उत्पन्न हुन सक्छ।’

आफूले पटक–पटक अनौपचारिक छलफलमार्फत समयमै बजेट ल्याउन जोड दिँदै आएको डंगोलले बताइन्।  उनले आइतबार मेयर, प्रवक्ता र केही कार्यपालिका सदस्यहरूसँग अनौपचारिक छलफल गरेको र बैठक छिटो सम्पन्न गर्न आग्रह गरिसकेको बताइन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार