बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति प्रदेश मधेस प्रदेश

मधेस प्रदेशले ल्याएको बजेटमा त्रुटि, छानबिन गर्न सभामुखको नेतृत्वमा कार्यदल गठन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ असार, २०८२ मा प्रकाशित
मधेस प्रदेशले ल्याएको बजेटमा त्रुटि,  छानबिन गर्न सभामुखको नेतृत्वमा कार्यदल गठन
काठमाडौं, असार २६ :

मधेस प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा त्रुटि भएको भन्ने विषयका सम्बन्धमा छानबिन गर्न ६ सदस्यीय कार्यदल गठन भएको छ ।

सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा भएको गठन भएको समितिमा सत्तापक्ष, प्रतिपक्ष तथा सरकारका मन्त्रीको सहभागिता रहेको जनाइएको छ ।

समितिमा प्रमुख प्रतिपक्षी दलबाट जसपा नेपालका प्रमुख सचेतक रामअशीष यादव, प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का जवाहरलाल कुशवाहा, नेकपा (एकीकृत समाजवादी)का कनिष पटेल, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादव रहेको सभामुख मण्डलले जानकारी गराए ।

 प्रतिपक्षी दलहरूले बजेट पुनर्लेखनको माग गर्दै बैठक अवरुद्ध गर्दै आएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार