सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार बागमती प्रदेश अर्थतन्त्र

काठमाडौं महानगरको बजेट असार २९ गते, प्राथमिकतामा पूर्वाधार र सामाजिक विकास

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ असार, २०८२ मा प्रकाशित
काठमाडौं महानगरको बजेट असार २९ गते, प्राथमिकतामा पूर्वाधार र सामाजिक विकास
काठमाडौं, असार २७ :

काठमाडौं महानगरपालिकाले असार २९ गते बजेट ल्याउने भएको छ ।

महानगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले असार २९ गते बजेट ल्याउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरपालिकाले असार मसान्तसम्म बजेट ल्याइसक्नुपर्ने दायित्व पूरा गरेको बताए ।

असारको २९ गते २ बजे नगरसभा गर्नेगरी बैठक टुंग्याएको मानन्धरले जानकारी दिए । स्थानीय तहले असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान रहे पनि महानगर प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनीता डंगाले र नेपाली कांग्रेसबाट प्रतितिनिधित्व गर्ने वडाध्यक्षहरुको मतभेदका कारण बजेट आउन सकेको थिएन ।

काठमाडौं महानगरपालिकाको बजेट सिलिङ २५ अर्ब

देशकै ठुलो महानगरले समयमा बजेट ल्याउन नसकेको भन्दै आलोचना हुँदै आएको थियो । ‘आजको बैठकबाट हामीले गर्नुपर्ने जिम्मेवारी दायित्व असार मसान्तभित्र ०८२/८३ को बजेट ल्याउनुपर्ने थियो,’ प्रवक्ता मानन्धरले भने, ‘बजेट ल्याउन आज कार्यपालिकाको बैठक बसेको हो । बैठकबाट असारको २९ गते २ बजे नगरसभा गर्नेगरी बैठक टुंग्याएका छौं । काठमाडौं महानगरपालिकाको बजेट आउँदो २९ गते आउँछ ।’

बजेटमा पूर्वाधार, सामाजिक विकास, आर्थिक विकासलाई जोड दिएर बजेट ल्याइने उनको भनाइ छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार