बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल #शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल
राजनीति

‘सरकारमा हुँदा कुन राजनीतिक दलले कस्तो काम गरे भन्ने जनताले हेरिरहेका छन्’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २८ असार, २०८२ मा प्रकाशित
‘सरकारमा हुँदा कुन राजनीतिक दलले कस्तो काम गरे भन्ने जनताले हेरिरहेका छन्’
काठमाडौं, असार २८ :

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारमा रहँदा कुन राजनीतिक दलहरुले कस्तो काम गरे भन्ने कुरा जनताले नियालिरहेको बताएका छन् ।

भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा उनले २०४६ अघि विभिन्न शक्ति राष्ट्रहरुको अवस्था कस्तो थियो र अहिले नेपालको अवस्था र उनीहरुको अवस्था कस्तो छ भन्ने नियाल्न जरुरी रहेको बताए ।

उनले अधिकांश समय नेपालको सरकारमा कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र रहेको जिकिर गर्दै सरकारमा रहेर काम गरेकाको मूल्यांकन जनताले गरिरहेको बताए ।

‘विभिन्न शक्ति राष्ट्रहरुमा राजनीतिक दलहरुको अवस्था कस्तो थियो । आज कुन अवस्थामा छन् । नेपालमा पनि हामीले ०४८ सालदेखि तुलना गर्ने हो भने आज राजनीतिक दलको अवस्था के छ ? बहुदल ल्याएको पनि ०४६ सालदेखि हिसाब गर्ने हो भने धेरै लामो समय पार गरिसकेका छौं,’ सहमहामन्त्री परियारले भने, ‘विशेषगरी सत्तामा कांग्रेस, एमाले र माओवादी छौँ । पछिल्लो अवस्था तुलना गर्ने हो भने त माओवादी पनि अरु दलसरह हुन लागिसक्यो ।’

सह-महामन्त्री परियारले शक्ति राष्ट्रमा काम गर्न नेपालको दक्ष जनशक्ति गइरहेको भन्दै यसलाई रोक्न कुन राजनीतिक दलको सरकारले के काम गरेको छ भन्ने कुरा नागरिकस्तरबाट मूल्यांकन भइरहेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार