भक्तपुर, असार २८ :

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले देश कस्तो बनाउने भन्ने कुरा नागरिकले निर्धारण गर्न सक्नुपर्ने बताएका छन् ।

भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा उनले राजनीतिले देश चलाउने भएको कारणले देश बस्तो बनाउने भन्ने कुराको निर्धारण जनताले गर्नुपर्ने बताए । नागरिक देशको सर्वशक्तिमान हुनुपर्नेमा नेपालमा राजनीतिक दलहरु नै सर्वशक्तिमान भएको जिकिर गरे । देशमा सुशासन कायम हुन नसकेको बताए ।

‘राजनीतिले देश चलाउने भएको कारणले देश कस्तो बनाउने भन्ने त्यहाँका नागरिक सर्वशक्तिमान हुन्छन् । तर हाम्रोमा राजनीतिक दलहरु संगठित हुने कारणले गर्दा दलहरु बढी सर्वशक्तिमान भएको देखिन्छ,’ उनले भने, ‘नागरिक शक्तिशाली हुनुपर्छ । लोकतन्त्रमा दलीय व्यवस्था र नागरिक शक्तिशाली हुनुपर्छ । नागरिकको सोचले दल ड्रिबन गर्नुपर्छ ।’

महामन्त्री बुर्लाकोटीले गणतन्त्र सकिने अवस्थामा नरहेको कारणले नै आफूहरु गणतन्त्रको पक्षमा आन्दोलनमा नआएको जिकिर गरे ।