काठमाण्डौँ , भदौ २७ :
काठमाडौँ सहितका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा भएको छ।
गृह मन्त्रालयले काठमाडौँका सीडीओ जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमै सरुवा गरेर उहाँको ठाउमा जयनारायण आचार्यलाई पठाइएको छ ।
त्यस्तै सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्युठानमा रमा आचार्य सुवेदीलाई पठाइएको छ ।
प्युठानका सीडीओ नारायण प्रसाद अर्याललाई गृह मन्त्रालयमा तानिएको छ ।
अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको रुपमा बाबुलाल अर्याललाई पठाएको छ भने अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यालाई इलाका प्रशासन कार्यालय चन्द्रौटामा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
परराष्ट्रमन्त्री खनाललाई १३औँदेखि २०औँ शताब्दीसम्मका आठ सयभन्दा बढी ऐतिहासिक दस्तावेज हस्तान्तरण