बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना #नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#सानेपामा शपथ ग्रहण#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#सभापति गणेश पराजुली#कोप-३१#परराष्ट्रमन्त्री शिशिर खनाल#जलवायु परिवर्तनका असर#विपद् जोखिम#न्यूनीकरणबारे संवाद#आईजीपी दानबहादुर कार्की#सभापति रवि लामिछाने#कोप- ३१#पर्वतलाई छुट्टै एजेन्डा#प्रहरीको पोसाक खरिद#पोखरा स्कुल बस दुर्घटना
समाचार कला/साहित्य

‘भानुभक्त नेपाली भाषाका मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि हुन्’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ असार, २०८२ मा प्रकाशित
‘भानुभक्त नेपाली भाषाका मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि हुन्’
काठमाडौं, असार २९ :

राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि भएको बताएका छन् । उनले प्रत्येक भाषाका स्रष्टाले भानुभक्तबाट प्रेरणा लिएर आ-आफ्नो मातृभाषामा साहित्य सिर्जना गरी नेपाली समाजलाई विविध भाषा र साहित्यको सुन्दर बगैंचाका रूपमा सिँगार्न सक्नुपर्ने धारणा राखे ।

२१२औं भानुजयन्तीका अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठान र भानु साहित्य उद्यानद्वारा आयोजित विशेष समारोहलाई आइतबार शीतलनिवासमा सम्बोधन गर्दै भानु साहित्य उद्यानले अघि सारेको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्ने अवधारणामा पनि यस्तै साझा सांस्कृतिक परिवेश निर्माण गर्ने चाहना प्रतिबिम्बित गर्न पौडेलले आग्रह गरे । ‘त्यसमा भानुभक्तलाई केन्द्रमा राखेर नेपाली भाषाका प्रमुख र नेपालका विविध भाषाका स्रष्टालाई एकसाथ जोड्नु पर्दछ र त्यसबाट साझा नेपाली संस्कृतिलाई बलियो बनाउन सक्नुपर्छ,’ उनले भने ।

राष्ट्रपति पौडेलले भानुको जन्मस्थल चुँदीरम्घालाई विश्वभरि छरिएर रहेका नेपालीहरू र नेपाललाई बुझ्न चाहने विश्वका मानिसहरूले जीवनमा कमसेकम एकपटक भ्रमण गर्नैपर्ने ठाँउका रुपमा विकास गर्न आवश्यक रहेको भन्दै यसबाट पर्यटनको विस्तारमा पनि योगदान पुग्ने स्पष्ट पारे । ‘भानु साहित्य उद्यानले अघि सारेको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्ने अवधारणामा पनि यस्तै साझा सांस्कृतिक परिवेश निर्माण गर्ने चाहना प्रतिबिम्बित गर्न म आग्रह गर्दछु । त्यसमा भानुभक्तलाई केन्द्रमा राखेर नेपाली भाषाका प्रमुख र नेपालका विविध भाषाका स्रष्टालाई एकसाथ जोड्नु पर्दछ । त्यसबाट साझा नेपाली संस्कृतिलाई बलियो बनाउन सक्नुपर्छ,’ उनले भने, ‘त्यो ठाउँ यस्तो ठाउँ बन्दै छ र बनाउनुपर्दछ जहाँ विश्वभरि छरिएर रहेका नेपालीहरू र नेपाललाई बुझ्न चाहने विश्वका मानिसहरूले जीवनमा कमसेकम एकपटक भ्रमण गर्नै परोस् । जसले गर्दा पर्यटनको विस्तारमा पनि योगदान पुगोस् ।’

राष्ट्रपति पौडेलले भानु उद्यानलाई नेपाली संस्कृतिको साझा केन्द्रका रूपमा विकास गर्नुपर्ने भन्दै जसमा नेपालका सातै प्रदेशका प्रमुख सांस्कृतिक केन्द्रलाई प्रतिबिम्बित गरी त्यसलाई सप्तधामका रूपमा अघि बढाउँदै नेपाली राष्ट्रियताको सम्बर्धनमा भानुभक्तले दिएको योगदानलाई मूर्त रूप दिन सक्नुपर्ने उल्लेख गरे । उनले यो योजनालाई अघि बढाउन सरकारले लिएको नीति र कार्यक्रमको पनि सराहना गरे । कार्यक्रममा विभिन्न ९ जना कविले कविता वाचन गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार