सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

रास्वपाको कागजात झिकाउन निर्वाचन आयोगलाई सर्वोच्चको आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ असार, २०८२ मा प्रकाशित
रास्वपाको कागजात झिकाउन निर्वाचन आयोगलाई सर्वोच्चको आदेश
काठमाडौं, असार २९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासित महामन्त्री डा. मुकुल ढकालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले निर्वाचन आयोगलाई रास्वपाको अभिलेख तथा कागजात झिकाउन आदेश दिएको छ।

न्यायाधीश हरि फुयाल र नित्यानन्द पाण्डेयको इजलासले आइतबार उक्त आदेश जारी गरेको हो। आदेशअनुसार अब निर्वाचन आयोगले रास्वपा दर्ताका लागि पेस भएका कागजात, सोही आधारमा गरिएको दर्ता निर्णय, ढकाललाई कारबाही गरिएको निर्णय र त्यससम्बन्धी पत्राचारसहितका सम्पूर्ण अभिलेख सर्वोच्च अदालतमा बुझाउनु पर्नेछ।

डा. ढकालले आफूलाई रास्वपाको महामन्त्री पदमा कायमै राखिनुपर्ने र पार्टीले गरेको कारबाही वैधानिक रूपमा अमान्य ठहरिनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार